
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको प्राविधिक गल्तीका कारण संक्रमितको संख्या दोहोरिएको बताउँदै गल्ती सच्याएको छ । मन्त्रालयले थप पाँच जना संक्रमित भनेर पुरानै संक्रमितलाई नयाँ विज्ञप्तिमा नाम दोहोरिएको भन्दै यसलाई सच्याएपछि नेपालमा कुल कोरोना संक्रमितको संख्या २४५ नै कायम भएको छ ।
मन्त्रालयले आफ्नो गल्ती सच्याउँदै सहप्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘अध्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार प्राविधिक कारणले पहिले नै पुष्टि भएका पाँच जनाको विवरण पुनः पुष्टि भएको जानकारी गराउन चाहन्छु ।’

सत्यपाटी ।