सूचनाको शक्ति - The Power Of Information

        

साइसोलेसनमा रहेका दुई जना कोरोना संक्रमित झ्याल फोडेर फरार

वीरगन्ज । अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई जना बुधबार फरार भएका हुन् । अस्पतालको आइसोलेसन कक्षबाट राजनाथ यादव र असफर हवारी भन्ने दुईजना फरार भएको अस्पताल स्रोतले जनाएको छ । उनीहरु अस्पतालको झ्याल फोडेर फरार भएका हुन् । ‘अस्पतालमा विरगन्ज कारागारका संक्रमित कैदी राखिएको थियो ।

पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये तीन जना डिस्चार्ज भइरहेका छन् । फरार भएकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । फरार भएकाहरु पर्साकै भएको बताइएको छ । पर्सामा संक्रमित तीव्र गतिमा थपिएपछि मंगलबारदेखि आगामी जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार १७:०९