बाँके । बाँकेका एक युवामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगन्जका ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार उनमा कोभिड १९ पोजिटिभ देखिएको हो । संक्रमित बाँकेको नेपालगन्ज–८ निवासी हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार धुलिखेल अस्पतालमा स्वाब परीक्षण गर्दा उनमा संक्रमण भेटिएको हो । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कपिलवस्तुका एक पुरुषमा पनि संक्रमण देखिएको छ । योसँगै देशभर २१९ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
सत्यपाटी ।