चिरञ्जीवी ढकाल
१.
छिमेकी दुष्ट जाली
लिम्पिया लिपु र काली
हाकाहाकी निल्यो यसपाली ।
व्यर्थका दलवल
पद प्रतिष्ठा महल
त्यसै छ चहल पहल ।
स्वाभिमानका स्वाह
राष्ट्रभक्ती वाहवाह
जनाव यह् सब क्या हुवा ?
जडौरी हतियार
व्यर्थ काँधलाई भार
सबै उसैका मतियार ।
मूर्छित स्वाभिमान
अलाप राष्ट्रियगान
थोत्रा गाला व्यर्थैको कष्ट ।
झिक पुराना खत
गर्न जाऊ सनाखत
अन्तर्राष्ट्रिय अदालत ।
२.
गर्ने हैन फिटिक्कै
भाषण मात्रै चिटिक्कै
उनकै स्वार्थमा घिटिक्कै ।
वकिल मूद्दा लेख
सेना जाऊ वैरी छेक
आमाको घाऊलाई सेक ।
छ्या कोठे राष्ट्रवाद
बारंबार राष्ट्रघात
छिप्पिदै झन कालो रात ।
बन्न बन्न खोजेको
इतिहास छ जोगाऊ
परे लगाऊ ज्यान दाऊ ।
ऋृणी छौं है राष्ट्रको !
महत्त्व बुझ वक्तको
चिनारी द्यौ राष्ट्रभक्तको ।
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके
चिरञ्जीवी ढकाल ।