काठमाडौं । पूर्व गृहमन्त्री भीम रावलका सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको छ । रावलको सुरक्षामा खटिने गरेका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको छ । उनलाई हाल टेकु अस्पतालमा राखिएको छ ।
२७ वर्षीय जवान भक्तपुरको दुवाकोटामा बस्दै आएका थिए । भक्तपुरमा मंगलबार संक्रमण पुष्टि भएका दुई जनामध्ये उनी पनि एक हुन् । मंगलबार एकैदिन ८३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । हालसम्म ३३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
सत्यपाटी ।