सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमित संख्या २०८ पुग्यो

काठमाडौं । नेपालमा १७ जनामा कोरोना संक्रमण देखिएको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ ।

त्यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २०८ पुगेको छ । यस अघि आजै मात्र नेपालमा एकैपटक ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन ७४ जना संक्रमित भएको यो पहिलो घटना हो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार १९:०४