सन् १८२० मे १२ तारीख समस्त नर्सिङ पेशाकी प्रतिमूर्ति आधुनिक नर्सिङ शिक्षाकी जन्मदाता प्लोरेन्स नाइटिङेलको जन्मदिनलाई विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा मनाइन्छ । दोस्रो विश्व युद्धमा घाइते लडाकुहरुको घाउमा मलम लगाउन रातभर नसुती हातमा लाल्टिन लिएर उनीहरुलाइ सेवा गरेकाले उनलाई ‘Lady With The Lamp’ को उपनाम दिइयो, जुन नाम इतिहासका पानाहरुमा अमर छ र रहनेछ । विश्व स्वास्थ्य संगठनले २०२० लाई ‘Year Of The Nurses And Midwifes’ भनेर सम्पूर्ण नर्सहरुलाई हौसलासँगै अग्रपंक्तिमा राखेको छ ।
यो बर्ष पनि उनकै देनलाई सम्झदै ससारभर ‘Nurse : A Voice To Lead Nursing, The World To Health’ नाराका साथ समाजमा नर्सको महत्त्व बुझाउनको लागि यो बर्स पनि नर्सिङ दिबस मनाएदै छ । स्वास्थ्य क्षेत्रको मेरुदण्डको रुपमा रहेका नर्सहरुले ब्यक्ति, परिवार र राष्ट्रको स्वास्थ्य स्थितिलाई सुधार्न महत्वपूर्ण भूमिका निभाएका हुन्छन् । Preventive, Promotive, Curative & Rehabilitive सबै बिधा अनि क्षेत्रमा नर्सको उत्तिकै ठुलो हात हुन्छ । समाज अनि समुदायका हरेक ब्यक्तिको स्वास्थ्यसँग प्रत्यक्ष सम्पर्क र चासो राख्ने भनेका नर्सहरु नै हुन् ।
अस्पतालको श्ययामा छट्पटाइरहेका हजारौं बिरामीको ओठमा मुस्कान ल्याउन अनि पीडा कम गराउन नर्सहरुको सबैभन्दा ठुलो भूमिका हुन्छ । उनको मुस्कानसहितको सेवा भन्दै धेरै बर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो । तर अनुहारमा मुस्कान आउन सकेन । सेवा सुविधामा कमी, हेपाह प्रवृति अनि एकैजना नर्सलाई तीन दर्जन बढी बिरामीको भार । जहाँ General Ward मा एक जना बराबर ६ बिरामी हुनपर्ने हो । नर्स र बिरामीको अनुपात मिल्दैन, अनि कामले च्याप्छ, भोकभोकै लगातार ७/८ घण्टाको डिउटी गर्दा कसरी अनुहारमा मुस्कान आउनसक्छ, तर, पनि हामी हासीहासी सेबा दिन कोशिष गर्छौ । केही गुणस्तरहिन कलेजहरुले पनि नर्सिङ पेशालाई आलोचित बनाइरहेका छन् ।
पैसा हड्पने दाउमा गुणस्तर बिनाका नर्स उत्पादन गरिरहेछन् र लुटिरहेका छन् । यसले गर्दा पनि सामुहिकरुपमा नर्सिङ पेशा अपहेलित भएको छ । बिश्व कोरोनाको महामारीमा लपेटिएसँगै त्यसको रोकथाम अनि उपचारमा दिनरात अग्रस्थानमा रहेर काम गर्ने हामी नर्सिङ पेशालाई हौसला अनि साथ र समर्थन गरियोस्, सबै प्रकारका हिंसाको अन्त्य होस्, आलोचित नगरियोस् । अन्त्यमा नर्सिङ पेशा आफैंमा मर्यादित पेशा हो, प्रत्यक्ष आमनागरिकको स्वास्थ्यसँग सरोकार राख्छ र सधैं राख्नेछ । अन्तर्राष्ट्रिय नर्सिङ दिबसको शुभकामना सबैमा ।
Stay Safe, Stay At Home.
गीता शाही ।