
बाँके । बन्दाबन्दीकै बेला बाँकेको सीमा नाका जमुनाहमा एक जना भारतीय नागरिक ठूलो मात्रामा कोरेक्ससहित पक्राउ परेका छन् । बन्दाबन्दीको मौका छापेर भारतीय बजार रुपैडिहाबाट जमुनाह हुँदै नेपाल प्रवेश गर्ने क्रममा ४१ बोतल (१०० एमएल) कोरेक्ससहित भारतीय नागरिक पक्राउ परेका हुन् ।
बन्दाबन्दीको बेला कोरेक्स लिएर नेपाल प्रवेशह गर्ने क्रममा भारत बहराइच रुपैडिहाका ४६ वर्षिय रामकिसुन सरोजलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए । कोरेक्स नेपालमा प्रतिबन्धित र लागुऔषधको सूचीमा रहेको छ ।
पक्राउ परेका सरोजलाई आवश्यक अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । उनलाई प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहबाट सोमबार करिब ९ बजेतिर नियन्त्रणमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायव निरीक्षक माधव रिजालले जानकारी दिए ।
सत्यपाटी ।