सूचनाको शक्ति - The Power Of Information

        

सप्तरीका थप एक जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप एक कोरोना भाइरस संक्रमित फेला परेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको परीक्षण अनुसार सप्तरीको डाक्नेश्वोरी नगरपालिका–३ का १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले सोमवार एक विज्ञप्ति जारी गर्दै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । आजै मात्र कपिलवस्तुमा थप १० जना संक्रमित फेला परेका थिए । योसँगै नेपालमा संक्रमितको संख्या १२१ जना पुगेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार १४:३७