सूचनाको शक्ति - The Power Of Information

        

थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं । नेपालमा फेरि थप १० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७ र १० नम्बर वडाका १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् । यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । संक्रमितहरु सबै पुरुष हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किइसकेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार ०८:५९