वुहान । माहमारी कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि फेरी नयाँ संक्रमित भेटिएका छन् । शनिबार नयाँ एक संक्रमित भेटिएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । वुहानमा मे ३ तारिख यता नयाँ संक्रमित भेटिएको थिएनन् । विश्वमै पहिलो कोरोना भाइरस संक्रमित गत डिसेम्बरमा वुहानमा भेटिएका थिए ।
चीनको नेशनल हेल्थ कमिसनका अनुसार शनिबार देशभर १४ जना नयाँ संक्रमित भेटिएका छन् । चीनमा अप्रिल २८ तारिखयता एकैदिन सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो । शुक्रबार एक जनामात्र नयाँ संक्रमित भेटिएका थिए । शनिबार संक्रमण पुष्टि भएकामध्ये चीनको जिलिन प्रान्तस्थित सुलान शहरका ११ जना छन् । चीनमा हालसम्म ८२ हजार ९०१ जना संक्रमित भएका छन् । तीमध्ये चार हजार ६३३ जनाको ज्यान गएको छ ।
सत्यपाटी ।