सूचनाको शक्ति - The Power Of Information

        

भारतीय र चिनियाँ सेनाबीच उत्तरी सिक्किममा झडप

सिक्किम । उत्तरी सिक्किमको नाकु ल सेक्टरमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । झडपमा दुवैतर्फमा सेनाहरु घाइते भएका छन् । भारतीय संचारमाध्यमले जनाए अनुसार ७ चिनियाँ र ४ भारतीय सेना घाइते भएका छन् । सामान्य विवादमा दुवै पक्ष आक्रमक भएपछि झडप भएको बताइएको छ ।

यद्यपि स्थानीय स्तरमा छलफल गरेर अवस्था सामान्य भएको बताइएको छ । झडपमा दुई देशका १५० बढी सेनाहरु सहभागी थिए । यो क्षेत्र ५ हजार मिटरको उचाइमा रहेको छ । भारत र चिनियाँ सेनाबीच सीमामा समयसमयमा यस्ता झडप हुने गरेका छन् । र यस्ता विवादमा स्थापित प्रोटोकलअनुसार आन्तरिक रुपमा समस्या समाधान गर्ने गर्ने गरेका छन् ।

’सीमा विवादलाई लिएर भारतीय र चिनियाँ सैनिकबीच अस्थायी र छिटपुट झडपहरु हुने गरेका छन् । यसपटक धेरै लामो समय पछि भएको हो । दुवै तर्फका सेनाहरुले प्रोटोकल अनुसार समाधान निकाल्ने गरेका छन्,’ सैन्य श्रोतलाई उदृत गर्दै दैनिक भास्करले लेखेको छ । भारत र चीनबीच लामो समययता सीमालाई लिएर विवाद चल्दै आएको छ । यसअघि दोक्लाम विवादमा ७२ दिनसम्म भारतीय र चिनियाँ सेना आमनेसामने भएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतवार १३:३०