बर्दिया । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिमा बर्दिया राष्ट्रिय निकुञ्जमा चोरीशिकार नियन्त्रण प्रभावकारी भएको छ । चोरीशिकार नियन्त्रणका क्रममा निकुञ्जमा चोरी शिकारमा संलग्न रहेको अभियोगमा ५३ जना पक्राउ परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
यस्तै निकुन्ज क्षेत्रमा अवैध कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये ३३ जनालाई जरिवाना गरेर छाडिएको र अन्य २० जना हिरासतमा रहेको जनाइएको छ । निकुञ्जमा आव २०७६/०७७ मा विभिन्न घटनामा परी वन्यजन्तु २० मरेको र ५३ को उद्धार गरिएको निकुञ्जका रेञ्जर पुष्पदीप श्रेष्ठले बताए । उनका अनुसार निकुञ्जको डिजिटल नक्शाङ्कन, सामुदायिक वन र मानववन्यजन्तु द्वन्द्वसम्बन्धी तथ्याङ्क संकलन, २४ घण्टा गस्ती, एलआरपी जस्ता अपरेशनलगायत महत्वपूर्ण काम भइरहेको छ ।
सत्यपाटी ।