सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट भारतमा एक नेपालीको मृत्यु, पाँचले गरे आत्महत्या

बाँके । रोजगारीको शिलशिलामा भारतमा रहेका एक नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको छ । पाल्पाको दारशिवाय घर भएका का ४५ वर्षीय दुर्गा थापाको उपचारको क्रममा मृत्यु भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । मृतक थापा रोजगारीको शिलशिलामा भारतको हरियाणामा बस्दै आएका थिए ।

कोरोना संक्रमण देखिएपछि स्थानीय अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिलेसम्म भारतमा बस्दै आएका २८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । भारतमा संक्रमण पुष्टि भएका २८ नेपालीमध्ये १३ जना उपचारपछि निको भएका छन् । बाँकी १४ जनाको उपचार भइरहेको दूतावासले जनाएको छ ।

भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म २१ सय बढीको मृत्यु भइसकेको छ । यता कोरोना संक्रमण शुरु भएपछि भारतमा पाँच नेपालीले आत्महत्या गरेका छन् । दिल्ली र गुजरातमा गरी पाँच नेपालीले कोरोनाको त्रासको कारण आत्महत्या गरेका हुन् । सुर्खेत घर भई गुजरात बस्दै आएका एकै परिवारका चार जनाले एक साता अघि आत्महत्या गरेका दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतवार १२:०९