काठमाडौं । उदयपुरमा एकजना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । संक्रमित महिला उदयपुर भुल्के निवासी ४५ वर्षकी हुन् । उनको स्वाथ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमित मानिसको संख्या ११० पुगेको छ । अहिलेसम्म २८ निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी प्रभावित भएको उदयपुरमा अहिलेसम्म कुल संक्रमितको संख्या ३२ पुगेको छ । यस्तै पर्सामा २६ र बाँकैमा २४ जना संक्रमित भएका छन् ।
सत्यपाटी ।