सूचनाको शक्ति - The Power Of Information

        

नेपालले काँगडादेखि टिस्टासम्मको भूभाग फिर्ता ल्याउन सक्ने यस्ता छन् आधारहरु (भिडियोसहित)

बाँके । कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीच भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । भारतले नेपाली भूमी मिचेर लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको हो । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको दार्चुलाको गुन्जी क्षेत्रमा नेपाली भूमी मिचेर लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेपछि नेपालमा त्यसको तीव्र बिरोध भइरहेको छ । यो सन् १८१६ को सुगौली सन्धि विपरित पनि हो ।

सन्धी अनुसार काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । नेपाली भूमिभित्रबाट ७८ किलोमिटर लामो सडक खन्दासमेत भारतले नेपाललाई कुनै जानकारी गराएन । तर, शुक्रबार एकाएक सडक उद्घाटन गरिएपछि अहिले यसले दुई देशबीचको सीमा विवादलाई चर्काएको छ । नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको यो सडकले नेपाल–भारतबीच फेरि सीमा विवाद चर्काएको छ । यसबारे नेपाल सरकारले आफ्नो दूताबासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ ।

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गर्दासमेत नेपाल सरकार अनभिज्ञ रहनु दुःखद भएको भन्दै सर्वसाधरण र विज्ञहरुले सरकारको आलोचनासमेत गरेका छन् । शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ । नेपाली भूमी मिचेर लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेसँगै नेपालमा फेरि ग्रेटर नेपालको नारा उठ्न थालेको छ ।

पश्चिममा काँगडादेखि पूर्वमा टिस्टासम्म सिङ्गो ग्रेटर नेपाल हो । त्यहीभित्रको अहिले पनि अतिक्रमण भइरहने कालापानी लिपुलेक र लिपियाधुराका कारण भारत र नेपालबीच तीव्र तनाव देखिन्छ । पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्मका भूमि नेपालको भएको र बेलायत (अंग्रेज)सँग भएको सम्झौता अनुसार अंग्रेजले भारतीय भूमी छोडेर बेलायत फिर्ता भएपछि त्यो भूमि स्वतः नेपालको हो भन्ने इतिहास देखिन्छ । यसका केही ठोस आधारहरु पनि छन् ।

भिडियोमा हेर्नुस् यस्तो ग्रेटर नेपालको इतिहास :

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतवार ०८:४४