काठमाडौं । भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित ६३ वर्षीया एक महिलाको पाँचौँ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणका क्रममा ती महिलाको पाँचौँ नतिजा पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । यही वैशाख २४ गते केन्द्रीय प्रयोगशाला पठाइएको नमूनाको नतिजा आज आएको हो ।
कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । यही वैशाख ३ गते र्यापिड डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद भेटिएपछि भरतपुर अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याइएसँगै उनी र उनका दुई छोराको पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणका क्रममा उनी र उनका २७ वर्षीय एक छोरामा कोरोना पोजेटिभ देखिएको थियो ।
सत्यपाटी ।