सूचनाको शक्ति - The Power Of Information

        

नेपाली भूमि मिचेर भारतले यसरी खन्यो मानसरोवर जोड्ने सडक (हेर्नुस् तस्वीरहरु)

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोडने गरी भारतले निर्माण गरेको विवादित सडक । तस्वीर : रासस

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोडने गरी भारतले निर्माण गरेको विवादित सडक । तस्वीरहरु : रासस

दार्चुला । कोरोना भाइरस (कोभिड–१९) को महामारीकै बीच भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । भारतले नेपाली भूमी मिचेर लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको हो । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रमा नेपाली भूमी मिचेर लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो ।

यो सन् १८१६ को सुगौली सन्धि विपरित पनि हो । सन्धी अनुसार काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । नेपाली भूमिभित्रबाट ७८ किलोमिटर लामो सडक खन्दासमेत भारतले नेपाललाई कुनै जानकारी गराएन । तर, शुक्रबार एकाएक सडक उद्घाटन गरिएपछि अहिले यसले दुई देशबीचको सीमा विवादलाई चर्काएको छ ।

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको यो सडकले नेपाल–भारतबीच फेरि सीमा विवाद चर्काएको छ । शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीमा उद्घाटन गरेको ७८ किलोमिटर लामो यो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ ।

यसबारे नेपाल सरकारले आफ्नो दूताबासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गर्दा समेत नेपाल सरकार अनभिज्ञ रहनु दुःखद भएको भन्दै सर्वसाधरण र विज्ञहरुले सरकारको आलोचना समेत गरेका छन् । शुक्रबार उदघाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ । रासस

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार १५:४५