
काठमाडौं । थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ८ बजे अध्यावधिक गरेको विवरण अनुसार थप सात जनामा कोरोनाको संक्रमण भेटिएको हो । संक्रमित हुनेमा ती महिला र चार पुरुष रहेका छन् ।
संक्रमित सातमध्ये तीन जना महिला उदयपुर भुल्केका हुन् । उनीहरूको उमेर क्रमशः १८, ४५ र ६५ वर्ष रहेको छ । यसैगरी संक्रमित चार पुरुषमध्ये तीन जना कपिलवस्तु र एक जना पर्सा छपकैयाका हुन् । कपिलवस्तुका संक्रमितमा १७ वर्षका एक र १८ वर्षका दुई युवक रहेका छन् । पर्साका संक्रमित पुरुषको उमेर ६२ वर्ष रहेको छ ।
मन्त्रालयको विवरण अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरू सबै चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल विराटनगरमा भएको परीक्षणले उनीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सत्यपाटी ।