सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा थपिए कोरोना संक्रमित

बाँके । नेपालगन्जका एक युवकको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै बाँकेमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । शुक्रबार नेपालगन्जका १६ वर्षिय युवामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १०२ पुगेको छ ।

यसमध्ये देशभर ७४ जना पुरुष र २८ जना महिला कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा.विकास देवकोटाले शुक्रवार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन् । यसअघि ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

हालसम्म प्रदेश १ मा ३१ जना, प्रदेश दुईमा ३०, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । हालसम्म कर्णाली प्रदेशमा भने कोरोना भाइरस संक्रमित फेला परेका छैनन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार १७:०२