सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कोषलाई माइक्रोफाइनान्सको सहयोग

कैलाली । कोरोना राहत तथा उद्दार कोषमा मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कैलालीको बर्दगोरिया गाउँपालिकाको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना भएको उक्त कोषमा फाइनान्सले शुक्रबार बर्दगोरिया गाउँपालिकालाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण देश लकडाउनले ठप्प भएको अवस्थामा बर्दगोरिया गाउँपालिकाको राहत कोषमा आर्थिक सहायता प्रदान गरिएको शाखा कार्यालय बौनिया, कैलालीका प्रमुख दिपेन्द्र बटालाले जानकारी दिए । फाइनान्सका बौनिया शाखा प्रमुख दिपेन्द्र बटालाले बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुलाई उक्त चेक हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

यहि सन्दर्भमा फाइनान्सले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोग गरिरहेको छ । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुबित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार १६:४५