सूचनाको शक्ति - The Power Of Information

        

सबै सांसदको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

फाइल तस्वीर

फाइल तस्वीर

काठमाडौं । संघीय संसदमा हिजो लिइएको ४४१ जनाको स्वाब परीक्षणमा सबैको कोरोना संक्रमण नेगेटिभ रिपोर्ट आएको छ । संघीय संसदका सांसद, कर्मचारी र सुरक्षाकर्मीको स्वाब परीक्षण गरेर जनस्वास्थ्य प्रयोगशालाले रिपोर्ट दिएको प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।

हिजो पिसिआर परीक्षणका लागि २७५ सांसदसहित अन्यको स्वाव संकलन गरिएको थियो । आज दिउँसो ४ बजेबाट बस्ने संसद बैठकअघि पनि सांसद, कर्मचारी तथा सुरक्षाकर्मीको स्वाव लिइएको छ । आज २५१ जनाको स्वाब लिइँदै गरेको सभामुखका प्रेस संयोजनक श्रीधर पौडेलले बताएका छन् । जस अन्तर्गत बाँकी ५४ जना सांसदको पनि आजै स्वाव संकलन गरिँदैछ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार १४:३२