सूचनाको शक्ति - The Power Of Information

        

किट अभावले परीक्षणमा समस्या

बझाङ । बिश्वमा महामारीका रुपमा रहेको कोरोना भाइरसको परिक्षण गर्ने किट तथा स्वास्थ्य सामग्रीको बझाडमा अभाव भएको छ । बाहिरी जिल्ला तथा भारतबाट आएका ६७५ जना अझै पनि क्वारेन्टाइनमा रहेकाले उनीहरुको र्‍यापिड टेष्ट किटको अभाव भएको छ ।

बझाङमा प्राप्त ११ सय किटमध्ये हाल ६० वटा किटमात्र मौज्दात रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जोशीले बताए । उनका अनुसार हालसम्म जिल्लामा ८७५ जनाको र्‍यापिड टेष्ट र ७१ जनाको स्वाब परिक्षण गरिएकोमा सबैको नेगेटिभ आएकोसमेत उनले जानकारी दिए ।

जोशीले पर्याप्त मात्रमा पीपीई, थर्मल गन तथा किटको अभावले परीक्षणमा समस्या भएको बताए । गएको सातामात्र भारतको झुलाघाट तथा धार्चुला नाकाबाट बझाड भित्रिएका ६१३ जनाको पनि स्वास्थ्य परिक्षण गर्न बाँकी रहेको उनले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार १७:०३