सूचनाको शक्ति - The Power Of Information

        

दुई महिने शिशुसहित १७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९९ पुग्यो

काठमाडौं । पर्सामा १७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रममा बुधबार यो जानकारी दिएको हो ।

कोरोना भाइरस संक्रमित २ महिनादेखि ६६ वर्षसम्म उमेर समूहका छन् । बुधबार संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगन्जका हुन् । यीमध्ये २२ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार १६:४६