सूचनाको शक्ति - The Power Of Information

        

जेठ ५ गतेसम्म लम्बियो लकडाउन

काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले फेरि लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले यसअघि भोलि वैशाख २५ सम्मलाई लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले कोरोनाको संक्रमण बढ्न नदिन भन्दै लकडाउन लम्ब्याउँदै आएको छ ।

त्यस्तै हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो । बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले सङ्क्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना सङ्क्रमणलाई रोक्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहने विषयमा छलफल गरेको थियो ।

सरकारले पहिलो पटक चैत ११ गते लकडाउन गर्ने निर्णय गरेको थियो । त्यसपछि पटकपटक थपिएको लकडाउन वैशाख २५ गतेसम्म निरन्तर छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नेपालमा पनि देखिएको छ । हालसम्म नेपालमा ८२ जनामा संक्रमण देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार १४:५३