
बझाङ । लकडाउनको समयमा स्थानीयबासीको गन्तब्य कैलास गुफा भएको छ । सदरमुकाम चैनपुरबाट करिब ८ किलोमिटर रहेको जयपृथ्वी नगरपालीका र खप्तड छान्ना गाउँपालिकाको सिमानामा अवस्थित यो गुफा पछिल्लो समय आन्तरिक पर्यटकको गन्तब्य बनेको हो । जयपृथ्वी नगरपालीका १, कैलासको चौड्यान, विनायक हुँदै करिब ८ घन्टाको पैदल यात्रापछि कैलास गुफा पुगिन्छ ।
प्राकृतिकरुपमा निकै मनमोहक कैलास गुफा पछिल्लो समय आन्तरिक पर्यटकको संङख्या दिनानुदिन बढ्न थालेको छ । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण घुमफिर गर्ने व्यक्तीहरुले उतm गुफाको तस्विर सामाजिक संजालमा सार्वजनिक गरेसँगै एकाएक आन्तरिक पर्यटकको संङ्ख्यामा बृद्दि भएको जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष गगन सिंहले बताए ।
अध्यक्ष सिंहका अनुसार लकडाउन अघि मानिसहरु आवतजावत गरे पनि खासै चर्चामा नभएको गुफाको अहिले आन्तरिक पर्यटकको रोजाइमा परेको छ । मानिसहरुको समय कटाउने र मनोरन्जन लिने गन्तब्य बनेको छ । लकडाउनबीच पछिल्लो समय हप्तैपिच्छे जिल्लाभित्रकै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । सेताम्य हिमालहरु, हरिया डाँडाकाँडाको पर्यटकले अवलोकन र सेताम्य रहेका हिमाल, हरिया र सेताम्ये डाँडाकाँडामा रमाउँदै फोटो खिच्न जाने गरेका छन् ।
लकडाउनको समयमा घरभित्रै बसेर घुम्न नपाएर उकुसमुकुस भएका मानिसहरु कैलास गुफा जादा भेटिने सेताम्य हिमाल, डाँडामै रहेको ताल, मठमन्दिर, चराचुरुङ्गी देखेर पनि मानिसलाई घुम्न मनमोहक लाग्ने स्थानीय किशोरजंग सिंहले बताए । पडेश घर भएका कलक खड्काले लकडाउनको समय भए पनि घुमफिर गर्न निकै रमाइलो हुने र त्यहाँका मठमन्दिर, हिमतालले त झनै मानिसहरुको आकर्षण बढाएको बताए । उनले यसको प्रचारप्रसार गर्न सके झनै राम्रो हुने बताए ।









सत्यराज सिंह ।