सूचनाको शक्ति - The Power Of Information

        

एम्बुलेन्सको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु

धनगढी । कैलालीमा एम्बुलेन्सको ठक्करबाट सशस्त्र प्रहरी बलका हवल्दारको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत केलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरमा से १ च १८२८ नम्बरको एम्बुलेन्सले म २ प ५३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सशस्त्र प्रहरी हवल्दार ३५ वर्षीय गोरख ऐरको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत हवल्दार ऐर कैलालीको घोडाघोडी नगरपालिका–१० स्थित घरबाट कार्यालय जाँदै दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ओम साईं अस्पतालको एम्बुलेन्सले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक घोडाघोडी–१० घर भएका २८ वर्षीय भरत बोहोरा भने घाइते छन् ।

उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ठक्कर दिने एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका–१० का ५४ वर्षीय आशाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चौधरीलाई अहिले इलाका प्रहरी कार्यालय सुख्खडमा राखिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार १५:३३