सूचनाको शक्ति - The Power Of Information

        

लकडाउन अवधिमा प्रदेश ५ मा ४० वटा बलात्कारका घटना

बाँके । कोरोना भाइरसको सक्रमणबाट बच्न सरकारले लकडाउन गरिरहेका बेला प्रदेश ५ मा भने बलात्कारका घटना बढेका छन् । लकडाउन अबधीभर प्रदेशमा ४० वटा बलात्कारका घटना भएको जनाइएको छ ।

प्रदेश ५ प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रवक्ता डिएसपी नवराज पोखरेलले दिएको जानकारीअनुसार २०७६ चैत्र १२ गतेदेखि २०७७ बैशाख २१ गतेसम्म प्रदेशरभर ३ जवर्जस्ती करणी उद्योगसहित ४० वटा बलात्कार घटनाको मुद्धा प्रहरीमा दर्ता भएका छन् ।

तीमध्ये ४ वर्षीया बालिकादेखि ५९ वर्षीया महिलासम्म बलात्कारको शिकार भएको डिएसपी पोखरेलबाट प्राप्त विवरणमा उल्लेख छ । उक्त विवरणअनुसार सबैभन्दा बढी बलात्कारका घटना रुपन्देहीमा भएका छन् । त्यहाँ १३ वटा र कपिलवस्तुमा १० वटा घटना भएका छन् ।

बाँकेमा ४ वटा, गुल्मी, रोल्पा र बर्दियामा दुई–दुई वटा र प्युठान, नवलपरासी, दाङमा एक–एकवटा बलात्कार मुद्दा दर्ता भएका छन् । यो अवधिमा अर्घाखाँची, पाल्पा र रुकुममा भने बलात्कारका घटना नभएको जनाइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार १४:१६