सूचनाको शक्ति - The Power Of Information

        

बैंकका कर्मचारीद्वारा बादी परिवारलाई राहत वितरण

बादी समुदायमा राहत वितरण गर्दै बैंकका कर्मचारीहरु ।

बादी समुदायमा राहत वितरण गर्दै बैंकका कर्मचारीहरु ।

बझाङ । बझाङको सदरमुकाम चैनपुरमा शाखा रहेको एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको पहलमा चैनपुरमा रहेका विपन्न बादी परिवारलाई खाद्यान्न वितरण गरिएको छ । एभरेष्ट बैंक जिल्ला शाखा बझाङका शाखा प्रमुख कविरलाल मास्केसहित अन्य बैङका कर्मचारीहरुले २५ हजार बराबरको खाद्यान्न सामाग्री खरिद गरि ११ बादी परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

बैङ्कका कर्मचारीहरुले वडा अध्यक्ष दलबहादुर विष्टको रोहबरमा बादी समुदायलाई प्रतिपरिवारलाई ३० किलो चामल, २ पोका तेल एक केजी नुन, २ केजी दाल, २ वटा नुहाउने साबुन उपलब्ध गराएको हो । बैंकका प्रमुख मास्केले लकडाउनको समयमा मजदुरी गरेर खाने अतिविपन्न परिवारलाई खाद्यान्न अभावभएको महशुस गरेर कर्मचारीहरु मिलेर मानवियधर्मले उनिहरुलाई सहयोग गरेको बताए ।

उनिहरुले जयपृथ्वी नगरपालिका–१० का वडा अध्यक्ष दलबहादुर विष्टसंग समन्वय गरेर बादी बस्तीलाई छनौट गरेको हो । बादी समुदायमा यसअघि उद्योग बाणिज्य संघलेदिएको खाद्यान्न सक्कीएपछि बादी समुदायमा समस्या भएको थियो । राहात बुझ्दै राधा बादीले भनिन्, ‘सबैको घरमा खान समस्या सृजनाभएको थियो राहात पाएपछि आफुहरुको चुलोमा आगोबल्ने भयो ।’

भूमिहिन विपन्न परिवारहरु गाँउगाँउमा घुमेर जीविका चलाउँदै आएका कारण लकडाउले उनीहरुमा भएको थियो । यस्तै जिल्लाको तल्कोट गाँउपालिका र सुर्मा गाँउपालिकामा रहेका बैकको शाखाहरुले पनि त्यस गाँउपालिकामा रहेका अतिविपन्न २५ परिवारहरुलाई राहात उपलब्ध गराएको बैंकका प्रमुख मास्केले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार १६:३२