बीरगन्ज । वीरगन्ज महानगरपालिकाको छपकैयाका थप एक जना युवकमा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका–३ छपकैया टोलका ३६ बर्षिय पुरुषमा आईतबार कोरोनाको सँक्रमण पुष्टि भएको हो ।
उनलाई उपचारको लागि नारायणी अस्पतालमा आइतबार दिउसो ल्याइएको छ । संक्रमित युवकको स्वाब सँकलन गरि राष्ट्रिय जन स्वास्थय प्रयोगशाला टेकुमा पठाइएको थियो । संक्रमित युवकलाई उपचारको लागि नारायणी अस्पतालको आइसोलेशन कक्षमा भर्ना गरिएको छ ।
योसँगै पर्सा जिल्लामा मात्रै कारोना संक्रमित भएकाहरुको संख्या चार पुगेको छ भने नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६० पुगेको छ । यसअघि महानगरकै छपकैया, घुसुकपुर र ईनर्वाका एक–एक जना गरि तीन जनामा कारोनाको संक्रमण भेटिएको थियो ।
सत्यपाटी ।