बाँके । नेपालगन्ज उपमहानगरपालिकाले आइतबारसम्म राहत वितरणमा अढाई करोड बढि खर्च गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले स्थायी बसोबास गरिरहेका विपन्न परिवारलाई प्रतिपरिवार एक हजार ७५० रुपैयाँको दरले खाद्यान्न सहयोग गरेको छ ।
आइतबारसम्म १२ हजार ६४६ परिवारलाई दुई करोड २१ लाख ३० हजार ५०० रुपिया बराबरको राहत वितरण गरिएको छ । यसैगरी भाडामा बस्ने विपन्न घरपरिवार र विद्यार्थीहरुलाई गरि आइतबारसम्म तीन हजार ९७१ जनालाई राहत वितरण गरिएको छ ।
प्रतिब्यक्ति एकहजार २०१ रुपयाँका दरले ४७ लाख ६९ हजार १७१ रुपैयाँको राहत वितरण गरिएको हो । उपमहानगरपालिकाका अनुसार स्थायीरुपमा बसोबास गर्ने विपन्न घरपरिवार र भाडामा बस्ने तथा विद्यार्थीहरुलाई गरि आइतबारसम्म दुई करोड ६८ लाख ९९ हजार ६७१ रुपैयाँ बराबरको राहत वितरण गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलसम्शेर राणाले स्थायी बसोबास गरेकालाई पहिलो चरणमा राहत वितरण गरि दोश्रो चरणमा भाडामा बस्ने तथा विद्यार्थीलाई राहत वितरण गरिएको जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमख उमा थापा मगरका अनुसार राहत वितरण कार्य केही वडामा जारी रहेको छ ।
सत्यपाटी ।