सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिद्वारा संसदको वजेट अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन वैशाख २५ गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २६ गते दिउँसा चार बजे बस्ने गरी संसदको बजेट अधिवेशन आह्वान गरेकी हुन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

संविधानमा जेठ १६ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । केही दिनअघि प्रधानमन्त्री केपी ओलीले संघीय संसद भवनको अवलोकन गरी सामाजिक दूरी कायम हुने गरी वैठकस्थलको व्यवस्था गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतवार १५:३२