सूचनाको शक्ति - The Power Of Information

        

वैशाख २६ मा बजेट अधिवेशन

काठमाडौं । सरकारले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने व्यवस्था छ । कोरोना भाइरसको संत्रासका कारण सामाजिक दूरी कायम गरी संसद बस्ने व्यवस्था मिलाइनेछ । सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउनुपर्ने बाध्यता रहेको छ भने सोअघि सरकारको नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतवार १४:२६