सूचनाको शक्ति - The Power Of Information

        

भिडन्तमा सेनाका कर्णेलसहित पाँच सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । भारतको उत्तरी कश्मीरको हन्दवाडामा आतंकवादी समूहसँग भएको भिडन्तमा भारतीय सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ्ग अफिसर आशुतोष शर्मासहित पाँच सुरक्षाकर्मीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

शनिबारदेखि जारी भिडन्तमा दुईजना आतंककारीको समेत मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । आतंककारीहरु एक घरमा लुकेर बसेको थाहा पाएपछि त्यहाँ सेनाले कारबाही गरेको थियो । आतंककारीहरुले घरमा रहेका मानिसहरुलाई बन्धक बनाएर राखेका थिए ।

उनीहरुको उद्धारका लागि सेना र प्रहरीको टोली तैनाथ गरिएको थियो । निधन हुनेहमा कर्नेल आशुतोषसँगै मेजर अनुज, सब इन्स्पेक्टर शकील काजी, एक लान्स नायक र एक राइफलम्यान रहेका छन् । सुरक्षा बलले बन्धक रहेका मानिसहरुको उद्धार गरेको छ । कर्णेल आशुतोष शर्माले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए । उनी इलाहाबादका बासिन्दा हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतवार १०:४५