सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संकटमा पनि रोकिएन हाइड्रोपावर निर्माणको काम

जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ मा निर्माणधिन तिला लद्यु हाइड्रोपावरको काम शुरु गरिएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि जारी बन्दाबन्दी (लकडाउनमा) सामाजिक दूरी कायम गर्दै एक मेगावाटको हाइड्रोपावर निर्माणको काम भइरेहको छ ।

राष्ट्रिय प्रसारण लाइनमा जोडिने हाइड्रोपावर गाउँपालिकाको गैरबको अयोजना भएकाकाले निर्माण कार्य थालिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । गाउँपालिकाको समपुरककोषमा संघीय अर्थ मन्त्रालयको सहयोग अनुदानमा रु दर्ई करोड ८९ लाख र जुम्लाका संघीय सांसद्र गजेन्द्रबहादुर महतको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष कार्यक्रमको रु १० करोड गरी रु साढे १२ करोड बराबरको रकम यो वर्ष खर्च हुनेछ ।

गाउँपालिका अध्यक्ष योगीका अनुसार हाइड्रोपावर निर्माणपछि जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिका स्थानीयबासी प्रत्यक्ष लाभान्वित हुनेछन् । हाइड्रोपावर निर्माणको जिम्मा पाएका ठेकेदार शाहासी शाहीले भने, ‘चालु आर्थिक वर्षको असार मसान्तसम्म निर्माण गरिसक्ने गरी निर्धारित समयमा सम्झौता अनुसारको हाइड्रोपावर निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने गरी काम शुरु भएको छ ।’

हाइड्रोपावरका महत्वपूर्ण मेसिन लकडाउनले गर्दा नाखा सिमनामा रोकिएकाले काममा समस्या आएको ठेकेदार शाहीले बताए । सो हाइड्रोपावर रु १६ करोड लागतमा निर्माण हुने गाउँपालिकाले जनाएको छ । हाइड्रोपावर निर्माणमा यहाँका स्थानीयबासीले काम पाएपछि भारत लगायत तेस्रो मुलक जान नपरेको गाउँमै विकासे निर्माणकको काम पाउदाँ यहाँका स्थानीयबासी खुसी छाएको स्थानीयवासी टोपबहादुर रावतलले बताए ।

हाइड्रोपावरको काम बारे पनि सीप सिकेको स्थानीयवासीहरु बताउनछन् । जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद गजेन्द्रबहादुर महतले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि तिला लद्यु हाइड्रोपावर योजना छनोट गरेका हुन् । ‘सांसद महतले पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि एक मात्र योजनामा छनोट गरेको यहाँका जनताको सबैभन्दा ठूलो समस्या विजुली नभएकाले बजेट तिला हाइड्रोपावर निर्माणलाई प्राथमिकतामा राखेको सांसद महतले बताए ।

गत असोज महिनामा जुम्ला सदरमुकाम खलंगा बजार एक महिनासम्म अन्धकार भएपछि सदरमुकाम उज्यालोका लागि संघीय सांसद गजेन्द्रबहादुर महतको सांसद विकास कोषबाट रु २४ लाख ६० हजारको लगानीमा २०० केभीए (१६० किलोवाट) डिजेल प्लान्ट मेसिनबाट यहाँका २२ हजार उपभोक्ता र जिल्लाका सरकारी कार्यालय केही महिना सम्म डिजेट प्लान्ट बत्तिबाट काम चलाएका थियो । यहाँको सदरमुकाम खलंगा बजारमा अझै पनि १५ घण्टा लोडसेडिडको मार खेपिरहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतवार १०:२८