
दुबइ । लकडाउनका कारण श्रम गर्न दुबइ गएका श्रमिकहरु अलपत्र परेका छन् । नोवेल कोरोना भाइरसका कारण कम्पनी बन्द हुदा उनीहरु अलपत्र परेका हुन् । प्रवासी नेपाली एकता समाज यूएइले आबुधावीमा अलपत्र परेका चार जना नेपालीहरुलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
समाजका वरिष्ठ सल्लाहकार विश्वदेव शाह र सदस्य कपिलदेव सुबेदीको पहलमा सहयोग संकलन गरेर खाद्यन्न सामाग्री सहयोग गरेका हुन् । उदयपुरका अनिल तामाङ र सविना तामाङ, सप्तरीका रामनाथ यादव, नवलपरासीका गोपाल प्रसाद बानिया रोयल डिस्काउन्ट सेन्टर, आबुधावी युएइमा काम गर्न गएका थिए । कोरोनाका कारण उनीहरुले काम गर्ने कम्पनी बन्द भएपछि बेरोजगार भएका हुन् ।
नोवेल कोरोना भाइरसका कारण नेपालीहरु विदेशमा अलपत्र परिरहेका यो घटना प्रतिनिधि मात्र हुन । युएइमा उनीहरु करिब एक महिना अघिदेखि लकडाउनका कारण यस्तो समस्यामा परेका पिडितहरुले बताएका छन् । नोवेल कोरोना भाइरसका कारण कम्पनी बन्द हुदा कम्पनीले काम नभएपछि धेरै नेपालीहरु बेरोजगार भएका छन् । उनीहरुले नेपाल जाने टिकटसमेत लिएको भएपनि अचानक लकडाउनका कारण हवाई सेवा बन्द हुदा अलपत्र परेका हुन् ।

सत्यपाटी ।