सूचनाको शक्ति - The Power Of Information

        

वडाध्यक्ष बेहनालाई मस्जिद र मदरसामा सहजीकरण गर्ने जिम्मा

बाँके । नेपालगन्ज उपमहानगरपालिकाभित्रका मस्जिद, मदरसा लगायत समुदायमा लकडाउनलाई पूर्णरूपमा लागू गराउन वडा नम्बर ४ का अध्यक्ष मो.सफिक बेहनालाई सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ । मेयर डा.धवलसम्शेर राणाले मुस्लिम आयोगबाट गठित जिल्लास्तरीय अनुगमन समितिलाई सहयोग एवं सहजीकरण गर्न वडाध्यक्ष बेहनालाई जिम्मेवारी तोकेका हुन् ।

अनुगमनलाई प्रभावकारी बनाउन जिल्ला स्तरीय समितिले उपमहानगरपालिकाबाट एक जना वडाध्यक्षलाई जिम्मेवारी तोकिदिन अनुरोधसहितको पत्र आएपछि बेहनालाई जिम्मेवारी दिइएको मेयर राणाले बताए । वडाध्यक्ष बेहनाले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निभाउने बताउँदै सबै मुस्लिम समुदायलाई लकडाउनको पालना गरेर सघाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलवार १७:२२