सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ६६३ जनाको रिपोर्ट नगेटिभ

बाँके । कोरोना भारइसको संक्रमण परीक्षणका लागि बाँके जिल्लास्थित भेरी अस्पतालमा सञ्चालनमा ल्याईएको पीसीआर प्रयोगशालामा र आरडीटी प्रविधिबाट हालसम्म ६६९ जनाको परीक्षण गरिएको छ । हालसम्म कोरोना परीक्षणका लाागि नमूना लिईएका ६६९ जना मध्ये ६६३ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

छजनाको रिपोर्ट आउन बाँकी रहेको जनाउँदै स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रिपोर्ट आएकाहरु मध्येको हालसम्म सबैको रिपोर्ट नेगेटिभ आएको बताए श्रेष्ठका अनुसार हालसम्म बाँकेमा गरिएका परीक्षणहरु मध्ये ५४३ जनाको आरडीटी प्रविधिबाट परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने १२६ जनाको पीसीआरबाट परीक्षण गरिएकोमा १२० जनाको रिपोर्ट नगेटिभ आएको छ ।

पीसीआर प्रविधिबाट ६ वटा नमूनाको परीक्षण भैरहेको पनि उनले बताए । यस्तै हालसम्म बाँकेका विभिन्न क्वारेन्टाइनमा ७८७ जनालाई राखिएकोमा समयअवधि पूरा भएर परीक्षण समेत गराएर ५५० जनालाई घर पठाइसकिएको छ भने हाल २३४ जना क्वारेन्टाइनमा रहेको फोकल पर्सन श्रेष्ठले बताए । उनले उनीहरुको पनि कोरोना परीक्षण गर्ने बेला आइसकेको बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार १८:३८