सूचनाको शक्ति - The Power Of Information

        

पूर्वसचिव उपाध्याय धरौटीमा रिहा

काठमाडौं । ‘साइबर क्राइम’को आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटीमा छुटेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध जथाभावी लेखेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले विद्युतीय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको थियो ।

थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेको उपाध्यायका कानून व्यवसायी चुडामणी पौडेलले जानकारी दिएका छन् । उपाध्यायलाई यही वैशाख १० गते राती उनकै घरबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौँले आइतवार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा साइबर क्राइम मुद्दा दर्ता गराएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार १६:२०