सूचनाको शक्ति - The Power Of Information

        

छोराले गरे आफ्नै बुवाको हत्या

सल्यान । आफ्नै बुवा ५१ वर्षीय बुदे बिकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सिद्धकुमाख गाउँपालिका–२ कुइँयाझोल बस्ने २१ वर्षीय सुरज बिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवादको कारण सुरजले आफ्नै बुवालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान र प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतवार १५:१२