सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीमा हिमालयन बैंकको खाद्यान्न सहयोग

बाँके । हिमालयन बैंकले बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकाका गरिब तथा मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राप्तीसोनारी गाउँपालिकाका १०० परिवारलाई उक्त राहत प्रदान गरेको हो ।

कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा विगत एक महिनादेखि मुलकभर लकडाउन गरिएकाले दैनिक ज्यालादारी तथा गरिब जनताहरुलाई दैनिक रुपमा हात मुख जोड्न समस्या उत्पन्न भएकाले उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकका शाखा प्रबन्धक भरत भुषालद्वारा उक्त सामग्री गाउँपालिका अध्यक्ष लहुराम थारुको उपस्थितिमा गाउँपालिका कार्यालयलाई हस्तान्तरण गरेका हुन् । बैंकले यस विषम परिस्थितिमा ग्राहकहरुको सुविधालाई मध्यनजर राखी विभिन्न प्रदेश तथा स्थानका आफ्ना शाखा कार्यालयहरु निश्चित समयका लागि खोली बैंकिङ्ग कारोबारलाई सुचारु राखेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार १६:४५