बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ का अध्यक्ष मो.सफिक बेहनाले लकडाउनमा आफ्नो ब्यक्तिगत सहयोगलाई जारी राखेका छन् । अध्यक्ष बेहनाले नेपालगन्जको धम्बोझी चोकमा जिल्ला प्रहरी कार्यालय बाँकेले राखेको सहायता कक्षलाई पानी र बिस्कुट सहयोग गरेका छन् ।
अध्यक्ष बेहनाले सहायता कक्षलाई १० कार्टुन पानी र १० प्याकेट बिस्कुट सहयोग गरेका छन् । आफुले प्रहरीले राखेको उक्त सहायता कक्षलाई सहयोग गर्न पाउँदा धेरै खुशी भएको अध्यक्ष बेहनाले बताए । सहायता कक्षले बाहिरबाट आउने पैदलयात्रुलाई गन्तव्यमा पुग्न सहयोग समेत गर्दै पानी र बिस्कुट दिँदै आएकोले सहयोग गरेको अध्यक्ष बेहनाले बताए ।
अध्यक्ष बेहनाले लकडाउनमा ५०० बढी बिपन्न परिवारलाई आफ्नो तर्फबाट ब्यक्तिगत सहयोग गर्नुका साथै बाँकेको ६५ किमी लामो सिमा आफै पुगी त्यहाँ तैनाथ सुरक्षाकर्मीलाई टर्च लाइट, स्यानीटाइजर, पानीको जार तथा पानीको कार्टुनसमेत सहयोग गरिसकेका छन् ।
सत्यपाटी ।