काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणसँगै इस्लाम धर्मावालम्बीहरु अहिले रमजान मनाउँदैछन् । रमजानमा मुस्लिम समुदाय एक महिनासम्म उपवास बस्ने गर्छन् । पवित्र महिनाका रुपमा लिइने यस रमजानमा मुस्लिम समुदायका मानिसहरुले एक चन्द्रमासदेखि सूर्योदयसम्म केही पनि नखाइकन रोजा बस्ने गर्छन् ।
रोजा राखेको समयमा उनीहरु नमाज पढ्छन्, आफ्नो र विश्व शान्तिकोका लागि प्रार्थना गर्छन् । कुनै पनि शारीरिक वा स्वास्थ्य समस्या भएक बाहेक इस्लाम धर्म मान्नेहरु हरेक व्यस्क व्यक्तिलाई रोजा राख्न अनिवार्य हुन्छ । तर हाल कोरोना भाइरसको महामारीसँगै रोजाका विषयमा पनि धेरै चर्चा र चिन्ता व्यक्त भइरहेको छ । केही अध्ययन हरुले बिना केही खाएर बस्दा मानिसमा हुने रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने निष्कर्ष निकालेको छ ।
यस्तो अवस्थामा संक्रमणबाट बच्न चाहिने उर्जामा कमी आउनसक्छ । त्यसैले रमजानमा खान हुने समयमा शरीरलाई आवश्यक पर्ने क्यालोरी युक्त खानेकुराहरु खानुपर्ने चिकित्सकहरु बताउँछन्। फलफूल, दाल, तरकारीको सेवन गर्नु राम्रो हुन्छ । रोजाको समयमा धेरै समय बिना खानपिन बस्ने हुँदा उपयुक्त समयमा प्रोटिन युक्त खानेकुरा खान चिकित्सकहरुले सल्लाह दिएका छन् ।
युनिभर्सिटी अफ ससेक्सका इम्युनोलोजिस्ट डा जेना मैकिओची यो समयमा धेरै पानी पिउन सुझाउँछिन् । ‘कोरोना भाइरससँग लड्न आफ्नो इम्युन सिस्टम बलियो बनाउनुपर्छ,’ उनी भन्छिन् । बिरामी र कोभिड–१९ बाट संक्रमितहरुलाई रोजा राख्न अनिवार्य छैन । यस्तै कोरोना संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई समेत रोजा पालना गर्न अनिवार्य छैन । रोजाका क्रममा मानिसहरु बिना खानपिन बस्ने हुँदा आफ्नो धर्म पालना गर्दै स्वास्थ्यको ध्यान दिन पनि चिकित्सकहरुले आग्रह गरेका छन् ।
सत्यपाटी ।