काठमाडौं । नेकपा केन्द्रीय सदस्यले आफ्नै पार्टीका अध्यय एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । केन्द्रीय सदस्य निरज आचार्यले यसअघि आफूले गल्ती गर्दा नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएको दृष्टान्त पेश गर्दै आचार्यले ओलीले पनि राजीनामा दिनुपर्ने आशय प्रकट गरेका हुन् ।
पार्टी फुटाउन सजिलो हुनेगरी राजनीतिक दल सम्बन्धी ऐन, विपक्षी दलको नेताविनै संवैधानिक परिषदको बैठक राख्न सक्ने गरी सरकारले जारी गरेको अध्यादेश फिर्ता भएपछि प्रधानमन्त्रीको चौतर्फी आलोचना भइरहेको छ । अध्यादेश फिर्तापछि एकाएक रक्षात्मक बनेका ओलीले राजीनामा दिनुपर्ने आवाज पार्टीभित्र र बाहिर उठ्न थालेको छ । आचार्यले सामाजिक सञ्जालमार्फत सिंहदरवार जल्नासाथ कृतिनिधी बिष्ट प्रधानमन्त्री र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले शिक्षामन्त्रीको पदवाट नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।
‘२०६४ को संविधान सभामा आफ्नोदल पराजीत भएर तेस्रो स्थानमा पुगेपछि नैतिकताका आधारमा नेकपा एमालेका महासचिव माधवकुमार नेपाले पदवाट राजिनामा दिइएको र वर्तमान सरकारको मन्त्रीपरिषदका सदस्यहरु शेरबहादुर तामाङ र गोकुल वास्कोटाले फरक फरक समय र फरक विषयमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीननमा गरेका उदारणहरु छन्’, उनले राजनीतिमा नैतिकताको मूल्यको अर्थ रहनुपर्ने उल्लेख गर्दै भनेका छन्, ‘राजनीतिमा नैतिकता भन्ने चिजको ठुलो महत्व छ । निष्ठा, ईमान्दारीता र नैतिकता विनाको पद प्राणहिन शरीरजस्तो हुँदो हो ।’
https://www.facebook.com/niraj.acharya.94/posts/2947591408628501
सत्यपाटी ।