सूचनाको शक्ति - The Power Of Information

        

भारतीयमा कोरोना संक्रमण देखिएपछि बर्दियाका दुई गाउँ शील

फाइल तस्वीर

फाइल तस्वीर

बर्दिया । कोरोना संक्रमित व्यक्ति रहेको आशंकामा बर्दियाको ठाकुरबाबा नगरपालिका–२ को सुजनपुर र खुलपुर गाउँलाई पूर्णरुपले शील गरिएको छ । नेपाल भारतको सीमामा पर्ने बर्दिया जिल्लासँग जोडिएको भारतको बहराइचमा बिहिबार कोरोना संक्रमण पुष्टि भएका सुजनपुरका एक युवाको भाई केही दिनअघि भारतबाटै घर आएको थाहा भएपछि शुक्रबारदेखि उक्त दुई गाउँ शील गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।

बुधबार भारतको बहराइचमा क्वारेन्टाइनमा रहेका मध्ये कोरोना पुष्टि भएका जना नेपाली ठाकुरबाबा २ सुजनपुरका हुन् । कोरोना संक्रमित व्यक्ति र उनका भाई भारतको कानपुरमा काम गर्थे । भारतको बहराइचमा बिहिवार कोरोना संक्रमण पुष्टि भएका एक जना नेपाली बर्दिया ठाकुरबाबा नगरपालिका–२ सुजनपुर गाउँका रहेको र उनीसँगै कानपुरमा रहेका भाइ हाल गाउँमा रहेको पाइएकाले कोरोनाको संवेशनशीलतालाई मध्यनजर गरि हाल २ वटा गाउँ लक गरिएको नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएका युवा भारतको कानपुरबाट घर आउने क्रममा बहराइचको क्वारेन्टाइनमा रहेका थिए । कोरोना पोजेटिभ पुष्टि भएका व्यक्तिका भाइको शुक्रबार आरडिटी परिक्षण गरिएको छ । भने कोरोना जाँचका लागि स्वाब भेरी अस्पताल नेपालगन्ज पठाइएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । कोरोना भाइरस संक्रमणको संवेशदशीलतालाई मध्यनजर गर्दै दुई वटा गाउँमा आवतजावत रोक लगाइएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन बिहीवार बेलुकादेखि बर्दियामा थप कडाइ गरिएको छ । शुक्रबार विहानैदेखि बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका मुख्य बजार, चोक र गाउँमा नेपाली सेना पनि गस्ती गरिरहेको छ । सुजनपुर गाउँ आसपासमा प्रहरी परिचालन गरि गाउँ सिल गरिएको छ । अर्को सुचना नआएसम्मका लागि शुक्रबारदेखि ठाकुरबाबा नगरभित्र मेडिकल बाहेक अन्य सबै पसलहरु आकस्मिक निर्णय गरेर बन्द गरिएको नगरपालिकाले जनाएको छ । अर्को सूचना नआउन्जेलसम्म मेडिकल बाहेकका सबै पसलहरु पनि बन्द गर्ने निर्णय गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार १३:०५