सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि रमजान पर्व सुरु, घरमै कुरान पढ्दै मुस्लिम समुदाय

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । इस्लाम धर्मालम्बीहरूको महान पर्व रमजान सुरु भएको छ । शनिबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरि निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । बिहान ३ः४० बजेबाट बेलुका ६ः४० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ ।

यो अवधिभर कुरान पाठ गर्ने र अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने प्रचलन मुस्लिम समुदायमा छ । यो महिनामा विधिपूर्वक व्रत बस्नाले अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास रहेको उनले बताए । रमदान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमदान महिना नवौँ महिना हो ।

संसारभरि नै कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला यो पर्व पनि प्रभावित भएको छ । आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने चलन छ । तर कोरोना जोखिमका कारण यसवर्ष घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ ।

रमजान महिनामा मुसलमानको पवित्र ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ । दान दिनु, गरिब र दीनदुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको विशेषता हो । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा रोजा बस्नुलाई गर्वको विषय मानिन्छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार ०८:४७