सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र निक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ खारेज गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शुक्रबार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम देहाय बमोजिमका अध्यादेशहरु खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि गते मन्त्रिपरिषद्ले सिफारिस गरेका दुबै अध्यादेश वैशाख ८ गते सोमबार साँझ साढे ६ बजे दुवै अध्यादेश जारी गरेकी थिइन् । कोरोना संक्रमणको संकटसँग मुलुक लडिरहेको बेला दुबै अध्यादेशको औचित्य नभएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले उक्त अध्यादेश शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकबाट फिर्ता लिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार १५:३७