बाँके । कोरोना भाइरसको रोकथामका लागि देशमा लगाइएको लकडाउनले कलाकारहरू पनि राजधानीबाट आ–आफ्ना गृह जिल्ला तथा गाउँघरमा गएर खेती किसानमा व्यस्त भएका छन् । त्योसँगै सांगीतिक क्षेत्रको चहलपहल यतिबेला खस्किएको छ । पछिल्लो समय राजधानीमा बसेर गीतका म्युजिक भिडियोको अभिनयमा सक्रिय रहने मोडेल टिका जैसी पनि आफ्नै गृह जिल्ला बर्दिया मधुबन नगरपालिका–९ स्थित घरमा गएर खेति किसानमा व्यस्त देखिएकी छन् ।
लकडाउन हुनुअघि नै चैत ९ गते गृह जिल्ला पुगेकी मोडेल जैसी खाद्यान्न वाली गहुँ, घाँस काट्नदेखि बाख्राको गोठालो र भान्सामा खाना बनाउँनसमेत आमालाई सघाइरहेको बताएकी छन् । करिब ३०० को हाराहारी गीतका भिडियोमा अभिनय गरिसकेकी उनी कोरोना भाइरसको त्रास कम भएर लकडाउन खुलेपछि पुस्न राजधानी फर्किएर आफ्नो करिअरमा सरिक हुने मोडेल जैसीको भनाई छ ।
सत्यपाटी ।