सूचनाको शक्ति - The Power Of Information

        

११ हजारको चेक हस्तान्तरण

बाँके । स्थानीय तहका गरिब, दैनिक ज्याला गर्ने तथा विपन्न परिवारका लागि राहत स्वरुप नगद सहयोग गरिएको छ । बाँकेका समाजसेबी केशवराम बर्माले बाँकेको डुडुवा गाउँपालिकालाई ११ हजार नगद सहयोग गरेका छन् ।

बर्माले नगदको चेक मंगलबार गाउँपालिकाका योजना शाखा प्रमुख मानबहादुर बोगटीलाई हस्तान्तरण गरे । गाउँपालिकाको विपत आकस्मिक कोषमा जम्मा गरिने रकमले विपन्न परिवारलाई गाउँपालिकाले रहत वितरण गर्ने अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार गाउँपालिकाले प्रत्येक वडाबाट परिवारको लगत संकलन गरिसकिएकाले अब छिट्टै राहत वितरण शुरु गरिनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार १९:२९