बझाङ । कोरोना भाइरस तथा (कोभिड १९) रोग संक्रमणको जोखिम न्यूनीकरणको लागि सरकारले लकडाउन जारी गरेपछि असहाय, विपन्न तथा गरीब परिवारलाई खाद्यान्नको अभाव हुन थालेपछि प्रगतिशिल युवा समाजले सम्बन्धीत पालीकाहरुलाइ राहत हस्तान्तरण गरेको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा प्रगतिशिल युवा समाजले जिल्लाको केदारस्युँ गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई राहत स्वरुप खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको प्रगतिशिल युवा समाजका परियोजना संयोजक यज्ञराज जोशिले बताए ।
केदारस्युँ र छबिसपाथिभेरा गाउँपालिकाका २५/२५ परिवार र जयपृथ्वी नगरपालिकाका ५० परिवारले पाउने गरि राहत सामाग्री हस्तान्तरण गरिएको हो । तीनवटै पालिकाका प्रतिपरिवारलाई ३० किलो चामल, ३ प्याकेट तेल, ३ किलो नुन र २ किलो दाल पाउने गरेर पालिकालाई राहत सामग्री हस्तान्तरण गरिएको जोशीले बताए ।
उपलब्ध गराएको राहत सामाग्री पालिकाहरुले आफ्नो पालिकामा रहेका अतिगरिब र विपन्न परिवारलाई वितरण गर्ने बताएका छन । प्रगतिशिल युवा समाजले जिल्लाका विभिन्न पालीकाहरुमा आफ्नो कार्यक्रम लागु गर्दै अपाङ्गता, बालबालिका आदिका क्षेत्रमा काम गर्दै आएको छ ।
सत्यराज सिंह ।